ऋण उठाउन नयाँभन्दा परिपक्व अवधि पूरा भएका ट्रेजरी बिललाई सरकारले किन दिन्छ प्राथमिकता
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १५:२४:३७
१८ असार, काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन नयाँ भन्दा परिपक्व भएका ट्रेजरी बिलकाे बिक्रीमा प्राथमिकता दिएको छ । यसै अनुरूप सरकारले ट्रेजरी बिलमार्फत साढे २९ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आज (सोमबार) दिउँसो ३ बजेबाट बोलकबोल गर्न आग्रह गरेको छ । ट्रेजरी बिलमार्फत मात्र सरकारले २९ अर्ब ६६ करोड ६५ लाख रूपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रूपैयाँ उठाएको थियो । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा विभाजन गरिएको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन ।
दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारको १ खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । त्यसमध्ये अधिकांश आन्तरिक ऋण उठाइसकेको छ भने निकै कम मात्र उठाउन बाँकी छ ।
आन्तरिक ऋणमध्ये २४ अर्ब ६५ करोड ६५ लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलमार्फत र बाँकी ५ अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो । यो वर्ष सरकारले नयाँ भन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । सोही क्रममा सोमबार पनि साढे २४ अर्बको पुरानो ट्रेजरी बिललाई रोलओभर(पुनः बिक्री) गर्न लागेको हो ।
ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसपटक २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । पछिल्लो पटकको बोलकबोलमा ७.१९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७.४४ प्रतिशत र सबैभन्दा कम ३.६७ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार