सुडानी शिविरमा दादुराको प्रकोप फैलिँदा १३ बालबालिकाको मृत्यु
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १६:१५:२५
१८ असार, एजेन्सी । सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ ।
‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स 'एमएसएफ’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।
एमएसएफको ट्वीटमार्फत् सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, “सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।” गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शङ्कास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले हरेक दिन दादुराको शङ्कास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।
उनले भने, “जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ । वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।”
गत अप्रिल १५ मा सुडानी सशस्त्र बल 'एसएएफ' र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज 'आरएसएफ' बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय 'आइओएम' को तथ्याङ्कअनुसार करिब २८ लाख मानिस पलायन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु
माघ ८, २०८१ मंगलबार
सी जिनपिङ र पुटिनबीच भिडियो वार्ता
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार