‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ राष्ट्रियसभाबाट बहुमतले पारित
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १६:२०:४५
१८ असार, काठमाडौं । सरकारले ल्याएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’लाई राष्ट्रियसभाबाट बहुमतले पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधायन समितिमा छलफलपश्चात ल्याएको विधेयकमाथि बैठकमा छलफलपति बहुमतले पारित गरेको हो । विपक्षका एक जना सांसद मात्र उभिएका थिए ।
विधेयकमाथि सांसदहरुले छलफलमा भाग लिँदै भएका विश्वविद्यालयहरु संचालन गर्न नसकेर बन्द हुने अवस्थामा पुगेका बेला नयाँ विश्वविद्यालय थप गर्नु औचित्य नरहेको बताएका थिए । सांसद खिमलाल देवकोटाले मुलुकमा संघ, प्रदेश र स्थानीय तहलाई समेत शिक्षा नीति बनाउने अधिकार दिइसकेको अवस्थामा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका थिए । मुलुकमा कति विश्वविद्यालय आवश्यक छन् ? के कस्ता पाठ्यक्रम खाँचो छ ? भन्ने विषय निक्र्योल गर्न विश्वविद्यालय छाता ऐन ल्याएपछि मात्र नयाँ विश्वविद्यालयबारे सोच्नुपर्ने धारणा राखेका थिए ।
सत्ता पक्षकै सांसद सुरेश आलेमगर, नारायण दाहाल लगायत पनि नयाँ विश्वविद्यालय आवश्यक नरहेको बताउँदै आवश्यकता र औचित्यमाथि प्रश्न गरेका थिए । प्रतिपक्षी दल एमाले लगायत दलका सांसदहरुले नयाँ विश्वविद्यालय खोल्न आवश्यक नरहेको बताए । पुराना त्रिवि रुग्ण अवस्थामा पुगेको भन्दै त्यसैलाई बजेटरी गर्न र सुधार गरेर लैजानुपर्ने धारणा राखेका थिए । स्रोत, साधन र जग्गा, पूर्वाधारको टुंगो लागिनसकेको अवस्थामा नेपाल विश्वविद्यालय स्थापना गर्न खोज्नुको आधार र कारण प्रस्तुत गर्न मन्त्री राईसँग माग गरेका थिए ।
जवाफमा मन्त्री राईले नेपाल विश्वविद्यालय स्थापना गर्नु अहिलेका प्रमुख आवश्यकता रहेको बताए । पुरानालाई बन्द नगर्ने र नयाँलाई अत्याधुनिक तवरबाट अगाडि बढाई विदेशी विद्यार्थीको आकर्षण केन्द्र बन्ने गरी सरकारले नेपाल विश्वविद्यालयको ल्याएको बताए ।
उनले नयाँ विश्विविद्यालयका लागि १०० बिगाह जग्गा प्राप्त हुने क्रममा रहेको र निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको बताएका थिए । साथै पूर्वाधार निर्माणका लागि पूर्वाधार तयारी समितिले अर्थ मन्त्रालयको अनुमतिले अत्याधुनिक सर्भेक्षण सुरु हुने तरखरमा रहेको जानकारी दिएका थिए । नयाँ विश्वविद्यलाय सरकारको खर्चमा नभई आफ्नै उनले मुलुकमा रहेका विश्वविद्यालयहरुका उपकुलपतिहरुको बैठक राखिने बताए ।
जवाफ दिने क्रम सकिएपछि मन्त्री राईले विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमत सांसदहरुको समर्थनमा पारित भएको हो । विधेयकलाई छलफलका लागि प्रतिनिधिसभामा पठाइनेछ ।
उच्च शिक्षालाई आधुनिक, जीवनपयोगी बनाउन र नवप्रवर्तनको विकास तथा विश्व शिक्षामा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न प्राज्ञिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘नेपाल विश्वविद्यालय’ स्थापना गर्न लागेको तर्क सरकारले गरेको छ ।
सुरूमा विधेयककाे औचित्य नरहेकाे भन्दै प्रश्न गर्ने सांसदहरू निर्णायर्थ प्रस्तुत गर्दा भने एक जनाबाहेक सबै पक्षमा उभिए । राष्ट्रियसभामा ५९ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार