पहिरोले बैतडीको जयपृथ्वी राजमार्ग १४ घण्टादेखि अवरुद्ध
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १७:१८:४८
१८ असार, काठमाडौं । बैतडीमा वर्षासँगै आएको पहिरोका कारण जय पृथ्वी राजमार्ग करिब १४ घण्टादेखि अवरुद्ध भएको छ । सुर्नया गाउँपालिका–६ मोतीनगरस्थित जय पृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा पहिरो खसेर गएरातिदेखि सडक अवरोध भएको छ ।
यस्तै, सुर्नया गाउँपालिका–८ ढोल्यामोडस्थित जय पृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकमा वर्षाका कारण ठूला ढुंगासहित पहिरो खस्दा सडक अवरोध भएको प्रहरीले जनाएको छ ।
अहिले सडकमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा भाडा र निजीका सयौं सवारी दुई तर्फ रोकिएका छन् । बिच बाटोमा रोकिएका यात्रुहरु अलपत्र मात्र नभई खानेकुरा समेत पाउन नसकेर समस्यामा परेका छन् । राजमार्गमा बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु समस्यामा परेका हुन् ।
अवरोध हटाएर राजमार्ग सुचारु हुन केही समय लाग्ने प्रहरीको भनाइ छ । यसैबीच पहिरोका कारण आइतबार रातिदेखि बन्द भएको मुिग्लन–नारायणगढ सडक खण्ड सोमबार बेलुकाबाट दुई तर्फी संचालनमा आएको छ । पहिरोका जोखिम कायमै रहेकाले सर्तकता अपनाउन सवारी चालकहरुसँग चितवन प्रहरीले अनुरोध गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार