शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्षमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १७:४२:५७
१८ असार, काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोपपछि लामो समय फरारछि भारतबाट पक्राउ गरी ल्याइएको भक्तपुर गठ्ठघरमा अवस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु भएको छ ।
सम्पत्ति अनुसन्धान विभागले उनीको सम्पत्तिबारे अनुसन्धान थालेको हो । साथै विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय गरिसकेको छ । सम्पत्ति अन्यत्र बेचबिखनको संभावना बढेपछि रोक्काका लागि सम्बन्धित निकायमा पत्राचार गरेको विभागले जनाएको छ ।
बचतकर्ताको रकम हिनामिना गरेर फिर्ता नगरी फरार भएपछि अनुसन्धानकाल लागि सयौं बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । विभागले सीआईबीलाई पत्र लेखेको थियो । उनलाइ यही असार १० गते भारतकाे मुम्बइबाट पक्राउ गरी काठमाडाैं ल्याइएकाे थियाे । बचत करम हिनामिना गरी अवैध तवरले सम्पत्ति जोडेको तथ्य फेला परेको विभागको दाबी छ ।
२०७७ सालमा भक्तपुरमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी स्थापना भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार