एमालेको विरोध कै बीच पारित भयो लुम्बिनी प्रदेशको बजेटमाथिको सैद्धान्तिक छलफल
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १७:४३:२१
१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरे लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए ।
सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए । अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते प्रस्तुत गरेको आगामी वर्षको सरकारको राजस्व र व्ययको वार्षिक अनुमान बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकेका हुन् । आगामी वर्षको राजस्व र व्ययमाथिको सैद्धान्तिक छलफल गर्ने प्रस्ताव पनि आइतबारको बैठकमा विरोधकै बीचमा पेस भएको थियो ।
सभामुखले समय उपलब्ध गराएपछि एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले विपक्षीले राखेका माग नसुनेको र सरकारले अकर्मण्यता देखाइरहेको भन्दै बैठक चल्न नसक्ने बताएका थिए । विपक्षीको विरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो ।
सोमबारको दोस्रो बैठक सुरु गर्दै सभामुख घर्तीले सैद्धान्तिक छलफल अघि बढाएपछि एमालेका प्रदेशसभा सदस्यहरूले रोस्टममै पुगेर नाराबाजी गरेका थिए । नाराबाजीकै बीचमा कांग्रेसका बैजनाथ कलवार, बसिउद्धिन खान, स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत र राष्ट्रिय जनमोर्चाकी तारा थापाले बोल्दै सरकारको बजेटको समर्थन गरेका थिए ।
प्रतिपक्षी दलका सदस्य विष्णु पन्थीलाई छलफलमा भाग लिन समय उपलब्ध गराए पनि उनी बोलेनन् । विपक्षी दलले छलफलमा भाग नलिएपछि अर्थमन्त्री मास्कीले छलफलका क्रममा उठेका विषयवस्तुमा जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफसँगै सभामुख घर्तीले राजस्व र व्ययमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरे ।
अर्थमन्त्री मास्कीले आगामी आवका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रूपैयाँको बजेट सार्वजनिक गरेका थिए । बजेटमा सरकारले निर्देशनालय खारेज गर्ने लिखित प्रतिबद्धता नआएको, क्रमागत योजनाका रकम कटौती गरिएको, थप दिने भनेका क्रमागत योजना विपक्षी दलका लागि मात्र भन्दै सरकारका मन्त्रीबाटै गलत प्रचार गरिएको र मुख्यमन्त्रीले आफ्नो कोषमा राखेको ३ अर्ब रकमको विवरणको सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार