एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद निष्काशनको अनुमति
चुक्ता पुँजी अढाई अर्ब नाघ्ने अनुमान
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १८:१८:३९
१८ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीको पुँजी वृद्धि गर्ने उद्देश्यले शकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । शेयर निष्कासनका लागि कम्पनीले राखेको प्रस्तावलाई प्राधिकरणले सोमबार स्वीकृत गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजीमा एक अर्ब ४५ करोड ९२ लाखको ६६ प्रतिशत अर्थात ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको हकप्रद निष्काशन गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । उक्त हकप्रद निष्काशन प्रक्रिया पूरा भएपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४२ करोड २३ लाख ९८ हजार पुग्ने जनाएकाे छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीको रुपमा संस्थापित एनएलजी इन्स्योरेन्स कम्पनीलाई प्राधिकरणले चुक्ता पुँजी बढाउने गरी हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो ।
एनएलजीले कृषि तथा पशु, सम्पत्ति, इन्जिनियरिङ, मोटर बीमा गर्दै आएको छ । अनुमतिसँगै हकप्रद जारी गर्ने काम छिट्टै सुरु हुने कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे नियामक निकाय हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार