ललितानिवास जग्गा प्रकरणका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटकाे पेसी संयुक्त इजलासमा
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:२६:५५
१९ असार, कठमाडौं । प्रधानमन्त्रीको सरकारनिवास बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ३ जनाको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । आदेशबमोजिम प्रतिवादीहरुले सोमबार लिखित जवाफ बुझाइसकेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडी बढाएपछि सुधिर कुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएका थिए ।
शाहका तर्फबाट अभिषेक शाह, गौतमका तर्फबाट सरोज गौतम र गुरुङका तर्फबाट विद्या गुरुङले यही असार १३ गते रिट दायर गरेका थिए । अभियुक्ति तीनै जनालइ ललितानिवासको ११२ रोपनी सरकारी जग्गा हिनामिना कसुरमा अनुसन्धानका लागि सीआईबीको टोलीले असार १२ गते पक्राउ गरिएको थियो ।
सो प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् । ३ जनालाई भने पक्राउ नगर्न अदालतलबाट आदेश लिएका कारण बोलाएका बखत उपस्थित हुने गरी प्रहरीले कागज गराएर छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार