जब युवकले विवाह गर्न मानेनन् तब युवतीले पेट्रोल छर्किन्
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:३०:१४
१९ असार, दाङ । दाङ प्रहरीले गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गरेर टुङ्ग्याएको पाइएको छ । घोराही १४ बैंक रोड निवासी विशाल अग्रवालमाथि पेट्रोल छर्केर हत्या गर्न खोज्ने युवतीलाई कारबाही नगरी प्रहरीले मिलापत्र गराएको छ । उनकी प्रेमिका भन्ने एक युवतीले आफूसँग विवाह गर्न नमानेको भन्दै युवकमाथि पेट्रोल छर्केर हत्या गर्न खोजेको विषयमा उजुरी परेको र त्यसलाई मिलापत्र गराएर छाडेको हो ।
केही समय अघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा रहेका अग्रवालमाथि तिनै प्रेमिकाले पेट्रोल छर्केर हत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सो विषयमा प्रहरीले केटालाई दवावमा पारेर मिलापत्र गराएको पाइएको हो । स्रोतका अनुसार अग्रवालले सामाजिक सन्जाल फेसबुकबाट ती युवतीसँग च्याट गर्ने समेत गर्दै आए थिए । च्याटमा कुराकानी हुँदै गएपछि उनीहरू आपसमा भेटघाट पनि हुन थाल्यो । उनीहरूबीच सामान्य बोलचाल मात्र भएन भेटघाट भई सँगै बसेर चिया खान पनि थाले ।
जब अग्रवालले ती युवती डिभोर्सी हुन भन्ने थाहा पाए । त्यसपछि उनले च्याटमा कुराकानी पनि कम गर्न थाले । एकाएक युवतीले गएको जेठ १५ गते बिहे गर्न भनेर प्रस्ताव पठाइन । तर, अग्रवालले कुनै जवाफ पनि दिएनन् । घोराहीको बैंक रोडमा रहेको कपडा पसलमा ती युवती सरासर आईन । बिहे गर्न नमानेपछि उनी एकाएक युवकमाथि पेट्रोल छर्कन थालिन । त्यस क्रममा अग्रवाल सामान्य घाइते भए । उनले अग्रवालकी आमालाई पनि पेट्रोल छर्किन पुगिन । अनि अन्तिममा आफै ती युवतीले पेट्रोल छर्केर आफै आत्मदाह गर्ने प्रयास गरिन ।
साे घटना जिल्ला प्रहरी कार्यालय दाङमा पुग्यो । प्रहरीले युवकलाई केहीबेर राख्यो । राती प्रहरीले वडा प्रहरी कार्यालयबाट जिम्मा जमानीमा छोड्यो । युवकले पनि युवती विरुद्ध मुद्दा हाल्ने भएपछि अन्तिममा प्रहरीले घटना बारे कुनै अनुसन्धान नै नगरेर राजनीतिक दवावमा मिलापत्र गरेर टुङ्ग्याएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ नजिकै, त्यसमा बजार क्षेत्र भित्र घटना हुँदा पनि प्रहरी निरीह बनेर नत युवती विरुद्ध मुद्दा चलायो, नत युवकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्यो । प्रहरी दवावमा परेर यस्तो गम्भीर घटना मिलापत्र गरेर छाडेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता गरिँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार