मौद्रिक प्रणालीमा जम्मा भएको अधिक तरलता खिच्न राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:४९:३८
१९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २० अर्बको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि यसलाई तान्न रिपो जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले रिपो जारी गरेर रकम खिचेको यो चौथो पटक हो ।
निक्षेप जम्मा अनुसार लगानी नभएपछि यतिबेला बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । असारको ७ र १० गते रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले मंगलबार पुनः २० अर्ब रूपैयाँको रिभर्स रिपो जारी गरेको हो । रिपो प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजार हो ।
राष्ट्र बैंकले असार ७ मा १० अर्ब र १० गते २० अर्ब रूपैयाँ रिभर्स रिपो जारी गरेको थियो । प्रणालीमा करिब ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ । तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालू आर्थिक वर्षमा चौथो पटक रिभर्स रिपो जारी गरेको हो ।
राष्ट्र बैंकले चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरेर रक खिचेको थियो । रिभर्स रिपो जारी गरेपछि अन्तर बैंक ब्याज दर उक्लिदै गएको छ । अहिले बाणिज्य बैंकहरुमा निक्षेप रकम बढिरहेको छ । कर्जा लगानी नभएका कारण निक्षेपको रकम स्थिर रहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार