‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १२:१९:२२
१९ असार, काठमाडाैं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगीत सोमबार थाइल्याण्ड उडेका छन् ।
करिब ४५ देशको सहभागीता रहने प्रतियोगितामा उनलाई ईभेन्ट बेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षिय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।
सोही प्रतियोगिताकी सहभागी ११ वर्षिय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् । त्यस्तै तेस्रो सहभागी १३ वर्षिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्याण्ड लिएर उडेका हुन् । प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो ।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कलासंस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन् । थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा हुनेछ । नेपालले यस पटक शिर्ष उपाधि नेपाल भित्र्याउन ईभेन्ट बेटर ग्यालेक्सीले
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार