संसदीय समिति सभापति तत्काल चयन गर्न शीर्ष नेताहरु सहमत : सभामुख घिमिरे
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:३:३६
१९ असार, काठमाडौं । सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उनीहरुले सो प्रतिवद्धता जनाएकाे घिमिरेले संचारकर्मीहरुलाई बताए ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरूङ लगायत सहभागी थिए ।
दलहरुबीचको खिचातानीका कारण दर्जन बढी संसदीय (विषयगत) समितिका सभापति हुन सकेका छैनन् । हाल समितिका ज्येष्ठ सदस्यले बैठकमा सभापतित्व गर्दै आएका छन् । सभापति चयन हुन नसक्दा नियमित बैठक र समितिले लिनुपर्ने जरुरी निर्णयहरु गर्न सकेका छैनन् । जसका कारण संसदका कामकारवाही प्रभावित बनेकाे छ ।
विषयगत समितिमा पुगेका विधेयकहरु थन्किएका छन् । विधेयक विषयगत समितिमा छलफल सकेपछि मात्र संसदमा पेस हुने व्यवस्था छ । सभापति दलीय समझ्रदारीमा चयन नभए आवश्यक कदम चाल्ने पक्षमा आफू पुगेको घिमिरेले बताए । सहमतिमा सभापित चयन नभए चुनाव गराउने अधिकार सभामुखलाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार