संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुको प्रतिबद्धता
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:१३:३८
१९ असार, काठमाडौं । शीर्ष दलहरुबीच संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको छलफलका क्रममा छिटो भन्दा छिटो संसदीय समितिको नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको हो । छलफलमा सभामुख घिमिरेले संसदीय समितिहरु लामो समय ज्येष्ठ सदस्यको नेतृत्वमा सञ्चालन गर्न नहुने भएकाले नेतृत्व चयन प्रक्रियामा गम्भीर हुन आग्रह गरेको बताए ।
उनले दलहरुले पहल नगर्ने भए आफुले नै नेतृत्व चयनका लागि मिति तोक्ने समेत बताएका थिए । जवाफमा दलहरुले प्रमुख सचेतकहरुसंग छलफल गरेर नेतृत्व चयन प्रक्रिया अघि बढाउने बताएका थिए ।
छलफलपछि सभामुख घिमिरेले संसदीय समितिलाई प्रभावकारी बनाउनका लागि दलहरुबाट आवश्यक सुझाव लिएको बताए । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न नसकेको अवस्थामा छिट्टै नै समितिले नेतृत्व पाउने गरि छलफल भएको उनले बताए ।
‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ।’ घिमिरेले भने, ‘छिट्टै नै समितिले नेतृत्व पाउँछ। समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ। ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन्।’
त्यस्तै कानूनमन्त्री धनराज गुरुङले सवै दलका सचेतकहरुसंग छलफल गरेर चाडै संसदीय समितिको नेतृत्व चयनका लागि अघि बढ्ने सहमत भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार