‘राजश्व संकलन बढेसँगै अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाे छ’
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:१८:१९
१९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले राजश्व संकलनमा वृद्धि भएर अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।
मंगलबार संसदको अर्थसमितिको बैठकमा बोल्दै डा. महतले अर्थतन्त्रमा देखिएको समस्या सुधार भइरहेको बताए । उनले समस्या आउने हट्ने चल्ने बताउँदै समस्यामा आउँदा सुल्झाउने विषयमा सरकार सधैं केन्द्रित भएको बताए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन काम भइरहेको बताएका थिए । अहिले पनि अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिका खेलिरहेको बताए । पछिल्लो चरणमा राजश्व संकलनमा उल्लेख्य सुधार आएको उनको भनाइ थियो ।
मुलुकको राजश्व सामाजिक सुरक्षा भत्तामा बढी खर्च भइरहेको उनको भनाइ थियो । विपन्न र कमजोर वर्गलाई सुरक्षा भत्ता छुटाउने नहुने भन्दै आवश्यक नभएका समूहको हकमा सोच्नुपर्ने बेला भएको बताएका छन् ।
यसअघि संसद बैठकमा सांसदहरुले शहर बजारमा नौ/दस तले घर भएकालाई वृद्ध भत्ता कटौती गर्नुपर्ने आवाज उठाएका थिए । दस तले घर भएका र गाउँमा गरिब परिवारका व्यक्तिलाई दिने सामाजिक सुरक्षा भत्ता दर एकै किसिमका हुँदा औचित्वमाथि प्रश्न उठ्ने बताउँदै सांसदहरुले आर्थिक अवस्था हेरेर मात्र भत्ता वितरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार