इन्धनको मूल्य घटेसँगै घटाइयो हवाई भाडा, कहाँ कति ? (सूचीसहित)
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:२९:२६
१९ असार, काठमाडाैं । इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले मंगलबार हवाई भाडा घटाएको हो ।
घटेको मूल्यअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो । अब नयाँ भाडा ६ हजार १० रुपैयाँ कायम भएको छ ।
सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौं–सिमराको भाडा १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ ।
सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा पनि घटाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार