विद्युतीय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:२९:३९
१९ असार, रौतहट । रौतहटका विभिन्न स्थानहरूबाट विद्युतीय ट्रान्सफर्म चोरी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।
रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार