सामाजिक सुरक्षा खर्च चापमा छ, मौद्रिक नीति कसिलो भएकाले अर्थतन्त्र समस्यामुक्त भएको छैन : अर्थमन्त्री
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:३१:४७
१९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यतिबेला अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोतर्फ अघिबढिरहे पनि समस्यामुक्त भइनसकेको बताएका छन् । मंगलबार संसद्को अर्थ समितिमा डा. महतले कतै पनि अर्थतन्त्र समस्यामुक्त नहुने बताए । समस्या आइरहन्छ र त्यसलाई समाधान गर्दै जानुपर्छ। महतले बताए ।
उनले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु भएको भन्दै यो कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले भौतिक विकास कम भएको बताए । मन्त्री महतले बजेटमा माग धेरै आएको तर, क्षमता कम भएकाले असन्तुष्टि आएको दावी गरे । उनका अनुसार धेरै कुरा निर्णायक रुपमा सुधार गरेर लैजानुपर्ने अवस्थामा रहेका छन् ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए । राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भइरहेको उनको भनाइ छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन नसकिए पनि प्रगति भएको उनले दावी गरे ।
गत वर्षभन्दा ०.५२ प्रतिशत बढी राजश्व उठाउन सकिने भन्दै महतले कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनाका कारण आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा नभएको बताए । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन । पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन। उनले भने ।
अथमन्त्री महतले राजस्व संकलनमा समस्याका बीचमा पनि प्रगति भइरहेको दावि गरे । गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी राजस्व उठेको भन्दै उनले यस वर्ष कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसकेको समेत बताए ।
एकातिर आयात कम हुँदा भन्सार कम उठेको र अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा राजस्व कम उठेको उनको भनाइ छ । सम्पन्न र कर तिर्नुपर्ने स्थितिमा रहेकाहरुलाई करको दायरामा ल्याएका कारण आगामी वर्ष राजस्व बढ्ने उनले बताए । आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतको दावि छ । समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएको उनको भनाइ छ ।
प्रशासनिक खर्च घटाउन सबै समर्पित हुनुपर्ने भन्दै उनले उनले भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’
आयात कम हुँदा भन्सार कम उठेको पनि उनले जानकारी दिए । आन्तरिक अर्थतन्त्र चलायमान नभएनको पनि उनले स्वीकारे । महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताए । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने बताए ।
‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं,’ उनले भने । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ । यसो हुँदा आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार