सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डको अनुमति
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १६:३०:१
१९ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सलाई आईपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणलाई प्रिमियमसहित प्रति कित्ता २३९ रूपैयाँ र कर्मचारीलाई फेस भ्याल्यू अर्थात प्रतिकित्ता १०० रूपैयाँमै आईपीओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।
बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रति कित्ता २४४ रूपैयाँ र कर्मचारीलाई फेस भ्याल्यूमै आईपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
झापाका हर्कराज राई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार