किसानलाई हाते ट्रयाक्टर वितरण सुरु
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १६:३७:४४
१९ असार, टक्सार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायतका सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लद्युउद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्रीहरु वितरण सुरु गरिएको हो ।
गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।
“किसानहरुले गर्दै आउनुभएको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिकाले निरन्तर काम गरिरहेको छ”, उनले भने।
उनका अनुसार वडा नं १ श्यामशिलाका १३ किसानलाई आज हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा कृषि सामग्री वितरण गरिएको हो । वडाका किसानलाई सहयोग गरिएको सामग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
वडा नं ६ ठूलोदुम्माका किसानलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई ३१ वटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लास्टिक ४७ थान, १४ थान प्लास्टिक पोखरी, १५ वटा प्लास्टिक टनेल लगायतकासामग्री वितरण गरिएको हो ।
“किसानलाई कृषि सामग्री वितरण गरेका छौँ”, वडाध्यक्ष दक्षकुमार राईले भने, “गाउँपालिकाको नीतिअनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्ष्य छ ।”
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको विकासमा विशेष योजनासहित गाउँपालिकाले काम गर्दै आइरहेको जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष्यसहित गाउँपालिकाभित्र रहेका छवटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार