आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १६:४०:४३
१९ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जिम्बाब्बेमा जारी खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसामु २६९ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा आयरल्यान्डले मंगलबार टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रनको योगफल बनाएको हो ।
नेपालका विकेट किपर अर्जुन साउद ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन जोडे । अर्जुन २६औं ओभरको अन्तिम बलमा स्पिनर ग्यारेथ डेलानीको अर्जुन एलबीडब्लू आउट भएका थिए । उनले कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनको योगदान दिए ।
३८ बलमा ५ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ४४ र भीम सार्की २० रन जोडे । ओपनर कुशल भुर्तेलले ८ रन मात्र जोडन सफल भए। ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा सीमित हुन पुगे ।
दिपेन्द्र सिंह ऐरी शून्य रनमै प्याभिलियन फिर्ता भए । गुलशन झा र सन्दीप लामिछानेले ८० रनको साझेदारी गरेर आठौं विकेट धरापमा पारे । गुलशनले ४२ बलमा बलमा ४ चौका र २ छक्का हाने भने किशोर महतो १ रनमा नटआउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार