सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको म्याद थप गर्ने सरकारको निर्णय, प्रजिअ रहेका उपाध्याय सचिवमा बढुवा
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १८:२५:४९
१९ असार, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो । असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसद्बाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारले बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।
यस्तै, बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् । घिमिरे चिनको छेन्दुमा महाबाणिज्यदूत छन् ।
शंकरदास बैरागीले राजीनामा दिएपछि बैकुण्ठ अर्याल मुख्यसचिव भएका छन् । यो बीचमा सचिव यादव कोइराला पनि अवकाश भएका छन् भने रामप्रसाद थपलियाले मंगलबार राजीनामा दिएका छन् । उनीहरुको ठाउँमा बढुवाका लागि समितिको बैठक फेरि बस्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार