शितलनिवासले सरकारसँग माग्यो राष्ट्रपति पौडेलको उपचार खर्च, उप्लब्ध गर्न अर्थ मन्त्रालय तयार
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १८:३६:१३
१९ असार, काठमाडौं । राष्ट्रपति कार्यालय शितलनिवासले सरकारसँग राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लागेको खर्च माग गरेको छ । भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च माग गरिएको हो । कार्यालयको निवेदनमा परराष्ट्र मन्त्रालयबाट खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार समेत भइसकेको छ ।
राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म निजी क्षेत्रकाे विमान कम्पनी श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडानमार्फत भारतको मुम्बईस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा पुर्याएर लामो समय उपचार गराइएको थियो ।
अर्थ मन्त्रालयले यही असार ११ गते स्वास्थ्योपचारमा लागेको खर्च ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिइसकेको र सोही सहमति अनुसार परराष्ट्रले राष्ट्रपतिको उपचारका लागि भएको खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानीका लागि रकम निकासा गरिदिन अर्थलाई परराष्ट्रका उपसचिव भेष प्रसाद भुर्तेलले थप पत्राचार गरेका छन् ।
‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ’ परराष्ट्रका उपसचिव भेष प्रसाद भुर्तेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको उल्लेख छ । खर्च रकममा एयर एम्बुलेन्सको भाडा समेत रकम माग गरिएको छ ।
उपचारपछि स्वदेश फर्किनेवित्तिकै पौडेलले आफ्नो उपचार लाग्ने सम्पूर्ण खर्च आफैंले व्यहोर्ने बताएका थिए । उनको भनाकइको सर्वत्र प्रसंशा पनि भएको थियो । उक्त प्रतिवद्धता अन्ततः उनले उपचार खर्च रकम राज्यको ढिकुटीबाट लिने भएका छन् ।
एम्सपछि पनि पौडेलले गंगालाल ह्दयरोग केन्द्र बाँसबारी, मनमोहन कार्डियो, भाष्कुलर तथा थोरासिक विभाग महाराजगन्जमा पनि लामो दिन उपचार गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार