कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुग्याे
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार २२:४९:३३
१९ असार, काठमाडौं । मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगको छ । स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन् । ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्चजोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ ।
विपद् व्यवस्थापनका लागि प्राधिकरणको तयारी
सम्भावित मनसुनजन्य विपद्को जोखिम व्यवस्थापनका लागि सबै हिसाबले तयारी अवस्थामा रहेको प्रवक्ता खड्काले जानकारी दिए । “सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि हाम्रो क्षमता अनुकूलका सबै संयन्त्र र सामग्री तयारी अवस्थामा छन्”, उनले भने, “मनसुन अवधिका लागि देशका चार स्थान हेलिकप्टर तैनाथ गरिएको छ । इटहरी, भरतपुर, काठमाडौँ र सुर्खेतमा कम्तीमा आधा घण्टामा पुगेर उद्धार गर्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।”
पूर्वमा कोशी र मधेस प्रदेशलाई लक्षित गरी इटहरीमा, बागमती र गण्डकीको केही भागलाई समेट्ने गरी काठमाडौंमा, चितवन आसपासका जिल्लालाई समेट्ने गरी भरतपुरमा र सुदूरपश्चिम र कर्णालीलाई समेट्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
जिल्ला जिल्लामा सबैखाले तयारी गरिएको छ । भोलिका दिनमा निकै ठूलै विपद्का घटना आएको खण्डमा सबै किसिमका समग्र विमानस्थल नजिकै रहेका गोदामघरमा स्टोर गरिएको छ । तत्कालै राहत र उद्धारका लागि संयन्त्र र सामग्री पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै भारी वर्षा, मेघ गर्जन÷चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
यी प्रदेशभा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
भोलि बुधबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार