अवरुद्ध राजमार्गको अवस्था बुझेर मात्र यात्रामा निस्कनूः सडक विभाग
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १०:१५:१९
२० असार, काठमाडौं । सडक विभागले अवरुद्ध सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ । विभागले बाढी पहिरोका कारण तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको र १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेको बताएको छ ।
विभागको पछिल्लो अद्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम,गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।
यसै गरी तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध छ । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।
एकतर्फी सन्चालनमा रहेका सडकहरूमा तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड एकतर्फी चालू छन् । यसै गरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।
हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडक खण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।
यस्तै सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । पहिरोको जोखिम कायमै रहेकाले उक्त सडक खण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ । पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ, सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार