बल्ल ९ खर्ब उठ्यो, अर्थमन्त्रीले कसरी उडाउछन् १० दिनमा ५ खर्ब राजस्व ?
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:३२:२०
२० असार, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार अर्थ समितिको बैठकमा राजश्वको लक्ष्य असार अन्तिमसम्म पनि पुरा हुन सक्ने बताएका थिए । उनले यो महिनामा दैनिक राजश्व संकलन दर सकारात्मक रहेको र आगामी आर्थिक वर्षदेखि राजश्व संकलन दर बढ्ने दावी गरेका थिए । तर, असार १९ सम्म आइपुग्दा जम्मा राजश्व ९ खर्ब हाराहारीमा मात्र उठेको छ ।
संशोधित बजेटको लक्ष्य अनुसार पनि राजश्व उठ्ने सम्भावन देखिएको छैन् । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, असार १९ गतेसम्म ९ खर्ब प्लस भएको छ । यो कुल राजस्व संकलन लक्ष्यको करिब ६४ प्रतिशत मात्र हो । बुधबारसहित ११ दिनमा लक्ष्य भेटाउन करिब पाँच खर्ब राजश्व उठाउनुपर्छ ।
आन्तरिक उत्पादन र व्यापार घट्न गई आन्तरिक राजस्व अपेक्षित बढन नसकेको मन्त्रालयको भनाइ छ । गैर कर संकलनतर्फ भने अघिल्लो वर्षको तुलनामा ११ दशमलव ८८ प्रतिशत बढी अर्थात ७७ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसअवधिमा संघीय सरकारको खर्च भने १२ खर्ब ५४ अर्ब रुपैयाँ भएको छ । मन्त्रालयका अनुसार चालुतर्फ नौ खर्ब २९ करोड रुपैयाँ, पुँजीगततर्फ एक खर्ब ६८ अर्ब रुपैयाँ, वित्तिय व्यवस्थापतर्फ एक खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा राजस्वतर्फ १२ खर्ब ४० अर्ब रुपैयाँ तथा अनुदान प्राप्ति ५५ अर्ब रुपैयाँ, वैदेशिक ऋण दुई खर्ब ४२ अर्ब रुपैयाँ र आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब रुपैयाँ रहेकामा चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ पुँजीगतर्फ तीन खर्ब ८० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब रुपैयाँ छ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थामा हाल निक्षेप ५४ खर्ब ५३ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको थियो । ।
प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने चार खर्ब २९ अर्ब रुपैयाँ छ । आगामी आर्थिक वर्षका लागि विनियोजन बजेट अधिकतम सदुपयोग गर्न राज्य संयन्त्र र अन्य सरोकार निकायबीच क्रियाशील, सक्रियता र समर्पण भएमा लक्ष्य हासिल गर्न सकिने जनाउँदै अर्थमन्त्री डा प्रकाशरण महतले सरकार बजेट कार्यान्वयनमा गम्भीर भएर लाग्ने बताएका थिए ।
चालु खर्चको वृद्धि राजस्व असुलीको दरभन्दा बढी रहेको तथा बर्सेनि १० खर्बभन्दाबढी अनिवार्य दायित्वमा खर्च हुने गरेकाले आन्तरिक खर्च चलाउन मुस्किल भएको अर्थ मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्षमा आन्तरिक ऋणको साँवा तथा ब्याजमा भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रासायनिक मल खरिदमा ७ अर्ब रुपैयाँ, कर्मचारी, शिक्षक, सुरक्षाकर्मीको वृद्धि भएको तलबभत्तामा ३० अर्ब र सामाजिक भत्तामा ६ अर्ब रुपैयाँ थप बजेट खर्चनु परेको मन्त्रालयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार