दोहोरो नागरिकता धन्दा मौलाउँदै, कञ्चनपुरमा २ जना पक्राउ
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:३५:७
२० असार, काठमाडौं । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन् ।
दोहोरो नागरिकता बोकेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग भारतीय नागरिकता समेत रहेको बताइएको छ ।
कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पछिल्लो भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा दोहोरो नागरिकता लिने र दिलाउने घटनामा व्यापक वृद्धि भएको पाइएको छ ।
यसअघि सोमबार रुपेन्देहीको बुटवलबाट भारतीय नागरिकता दिलाउन नक्कली बाबु आमा बनेको आरोपमा प्रहरीलाई एक दम्पत्तिलाई पक्राउ गरेको थियो ।
्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार