एसईईको नतिजा प्रकाशन गर्न १९ कम्पनीलाई अनुमति
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १२:१७:४३
२० असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्न १९ वटा संस्थालाई अनुमति दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा कम्पनीलाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो ।
अनुमति पाएको संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउन सकिने बोर्डले जनाएको छ । अनुमति पाएकामध्ये १४ वटा संस्थाले वेबसाइट र बाँकीले एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने गरी व्यवस्था गर्नेछन् ।
अनुमति प्राप्त गर्ने संस्थाहरुमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्थाले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । बोर्डले आफ्नो वेभसाइटमा उप्लब्ध गराउने जनाएको छ ।
बोर्डले एसईई नतिजा यही शनिबार प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा पुरानै प्रणाली (लेटर ग्रेड्रि)बाट सार्वजनिक गर्ने भएको छ । जसअनुसार ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।
गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २०, २०८१ आइतबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार