ओखलढुंगा र इलामबाट बलात्कार आरोपमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १२:५७:२३
२० असार, काठमाडौं । ओखलढुंगा र इलामबाट दुई जना बलात्कार आरोपमा पक्राउ परेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राईलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका(३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख वीर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ ।
इलामको रोङ गाउँपालिका-१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार