अत्तरियाको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी ६ महिनादेखि तलबविहीन
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १३:१२:५९
२० असार, काठमडौं । कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तलब पाएका छैनन् ।
संघीय सरकारबाट खटिएका स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । पालिकाबाट आएका कर्मचारीहरुले भने तलब, सेवा सुविधा पाएका छन् ।
पन्ध्र शैय्यासहित नगर अस्पतालको रुपमा सञ्चालित मलाखेती अस्पतालले पर्याप्त भौतिक पूर्वाधार अभावमा स्वास्थ्य उपचार सेवा प्रवाहमा समस्या झेल्दै आइरहेको बेला स्वास्थ्यकर्मी नै तलबको मारमा परेका छन् ।
पूर्वाधारमा अभावमा दुर्घटनाका घाइतेलाई उपचार सेवा दिन नसकेको अस्पतालमा एक चिकित्सकले बताए ।मलाखेतीलाई प्रदेशकै ट्रमा हस्पिटलको स्तरमा विकास गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । अस्पतालमा दैनिक २ सय बढी बिरामी उपचारमा आउने गरिएको उनीहरु बताउँछन् ।
हाल मालाखेती अस्पतालमा एक जना विशेषज्ञसहित चार जना चिकित्सक कार्यरत छन् । १४ जना नर्सिङ स्टाफ छन् । चारै जना चिकित्सक छात्रवृत्ति करार सेवामा छन् । २८ जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा ५२ जना जनशक्ति कार्यरत छन् ।
संघबाट खटिएका ४ जना चिकित्सकसहित स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएका छैनन् । तलब नपाउँदा उनीहरु तनावमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट 'डिस्चार्ज'
मंसिर २२, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार