गैंडाको माउ-बच्चा मारेको घटनामा डकर्मीसहित ३ जना पक्राउ, अभियुक्तसम्म यसरी पुगे प्रहरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १३:४३:०
![](https://nepalbahas.prixacdn.net/media/albums/rhinos_kller_dnfvedYmmq_4YAhO2EhDs.png)
२० असार, चितवन । गैंडाको माउ र बच्चा मारेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार मात्र पत्रकार सम्मेलन गरी चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको हो ।
दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् । त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीको भनाइ छ ।
गत माघ ६ गते पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ वर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेपछि खाग काटिएको अवस्था फेला परेको थियो । त्यसपछि सुरु गरिएको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउका लागि टोलीले खाग किन्ने ग्राहक बनेर पिछा गरेको थियो ।
पक्राउ परेकाबाट बरामद खागको प्राविधिक जाँचपछि घटनामा संलग्नताको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिएका छन् । अभियुक्त महतो डकर्मी हुन् । उनी छिटाे पैसा कमाउने लाेभमा चाेरी शिकारीमा लागेकाे पाइएकाे छ ।
अभियुक्तहरुको साटठबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तारलगायत चोरी शिकारीका लागि प्रयोग गरिने सामान बरामद गरिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि लगिएको छ ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क)ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ वर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ ।
अभियुक्तहरुले गैंडा मार्न युटुब हेरेर योजना बनाएको र पटकपटकको प्रयासपछि मार्न सफल भएको बयान प्रहरीलाई दिएका छन् । योजना अनुसार घटनास्थल नजिकै रहेको मन्दिरबाट जीआई तारबाट करेन्ट लगाएर गैंडा मारेको पाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षको अन्तिमसम्म ३ गैंडा चोरी शिकारीले मारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार