एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
पदमा बस्ने नैतिकता गुमाएकाे तर्क, मागियाे राजीनामा

नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १४:५९:१६

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बुधबार बसेको राष्ट्रियसभाको बैठक सुरु भएको केहीबेरै स्थगित भएको छ ।
सोमबार काठमाडौंमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारतको नयाँ दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेका सांसदहरुले आजको राष्ट्रियसभाको बैठक सुरु भएलगत्तै कुर्सीबाट उठेर प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरद्ध गरेका हुन्
प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको शिर निहुरिएको र विदेशीले बनाएका प्रधानमन्त्री नमान्ने भन्दै उनीहरुले राजीनामा समेत मागेका छन् । प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने उनीहरुको अडान छ । प्रधानमन्त्रीले पदमा बस्ने नैतिकता गुमाइसकेको बताउँदै एमाले सांसद देवेन्द्र दाहालले राजीनामा माग गरे ।
अवरोध नहटेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजै दिउँसो ३ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगन गरेका छन् । बैठकमा ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन लगायत मन्त्रालयमाथि आगामी आवका लागि विनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुँदै, साना दल विभाजनको चेपुवामा !
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार