चवारी चालक अनुमति पत्रको नवीकरण अवधि १० बर्ष पुर्याइयो
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १६:९:३०
२० असार, काठमाडौं । सरकारले सवारी चालक अनुमतिको नवीकरण अवधि बढाएर १० वर्ष पुर्याएको छ । अनुमति पत्रकाे राजश्व समेत अनलाइनमार्फत भूक्तानी गर्न सकिने भएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बुधबार मन्त्रालयमा आयोजित विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रममा बोल्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी हरेक १०/१० वर्षमा मात्र नवीकरण गर्दा हुने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
अहिलेसम्म यसअघि नवीकरण हरेक पाँच/पाँच वर्षमा गर्नुपर्ने व्यवस्था छ । पाँच वर्षै पिच्छे नवीकरण गर्नुपर्ने व्यवस्थाले यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीकाे भीड लाग्ने अवस्थालाई हटाउन सरकारले नयाँ र व्यवहारिक कानुन ल्याएको मन्त्री ज्वालाले बताए । ‘लाइसेन्स नवीकरणका लागि अब यातायात कार्यालयमा लाइन बस्नै पर्दैन’ उनले भने, ‘भीड कम भएर जान्छ ।’
यस्तै सवारी साधनको कर अब मोबाइलबाटै तिर्न सकिने व्यवस्था समेत गरेको उनले बताए । स्मार्ट लाइसेन्स वितरणमा संख्या अभावलाई पनि छिट्टै समाधान गरिने बताए । देशभित्रै स्मार्ट लाइसेन्स प्रिन्ट गर्न प्रिन्टर खरिदका लागि सरकारले बजेट छुट्याइसकेको र खरिदको प्रक्रियामा गइसकेको जानकारी पनि मन्त्री ज्वालाले दिए ।
‘स्मार्ट कार्डकाे आयु नै २० वर्षकाे हुने भएपछि पाँच पाँच वर्षमा चाहिँ किन नवीकरण किन गराउनु पर्याे’ उनले भने । कार्ड पाउन नसकेर थुप्रै याेग्य चालक ड्राइभिङमा वैदेशिक रोजगारमा जान पाएका छैनन् ।
सरकारले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्समा जाने निर्णय गरेपनि चालकलाई पर्याप्त मात्रामा स्मार्ट कार्ड उपलब्ध गराउन नसक्दा शुल्क तिरेर बसेका चालकहरू मर्कामा परेका छन् ।
यस्तै, सार्वजनिक यातायातलाई व्यवस्थित र अध्ययन गर्न बनेको यातायात सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनलाई सरकारले छिट्टै कार्यान्वयनमा लैजान उनको भनाइ थियो । कर लगायत विषयमा जानकारी मोवाइलमा एसएमएस आउने बताए । सार्वजनिक यातायातमा बेथिति बढेको गुनासो व्यापक मात्रामा आइरहेको बताउँदै यसलाई रोक्न सरकार गम्भीर रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार