मिटरब्याजीलाई कारबाही गर्ने ऐन पास गर्न खोज्दा एमालेले तमासा देखायोः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १७:१:२४
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कार्यबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेको बताएका छन् । उनले एमाले मिटरव्याजी पीडितका पक्षमा नभइ पीडकका पक्षमा उभिएको बताए ।
बुधबार माओवादीसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बंग्याएर एमाले संसदलाई अवरुद्ध गर्ने हदसम्म ओर्लिएको बताए । प्रचण्डको भनाइमा खासमा मिटरब्याजीलाई कार्यबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो । एमालेलाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छैन, भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन र यसलाई रोक्न संसद अवरुद्ध गर्न तम्सिएको छ ।
‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ ’ उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’
युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्वपूर्ण कुरा भएको भन्दै उनले भने, युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ, तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुस् ।’
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए । उनले भने, “विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार