शरद गौचन हत्यामा समिरमान सिंहसहित २ जनालाई जन्मकैद
६ जनालाई सफाई, सिंह पत्नी मायालाई १० कैद र जरिवाना
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १७:२७:३३
२० असार, काठमाडौं । २३ असोज २०७४ मा नयाँबानेश्वरकाे शान्तिनगरमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको घटनाका मुख्य योजनाकार मानिएका गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ ।
काठमाडाैं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गौचन हत्याका दाेषी ठहर भएकामध्ये बस्नेतसहित २ अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाइएको हो । जन्मकैद सजाय हुनेमा काले भनिने अम्बरबहादुर राना रहेका छन् । मुलुकी अपराध संहिता २०७४ मा जन्मकैद अवधि २५ वर्ष तोकिएको छ ।
यस्तै हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ ।
श्रीमती मायाविरुद्ध गौचनको हत्या गर्नका लागि प्रयोग भएको पेस्तोल र त्यसमा लाग्ने गोली उपलब्ध गराइएको अभियोग थियो । उनी जिल्ला अदालत, काठमाडौंकाे त्यसअघिको आदेशमा २०७५ मंसिर २० मा ५ लाख रूपैयाँ धरौटीमा छुटेर बाहिरै बसेर मुद्दा लड्दै आइरहेकी थिइन् ।
उदयपुरका राना, बिर्तामोडका लामा र नागार्जुनका रोशन बुढाथोकी र श्याम गोम्बे ‘कन्टयाक्ट किलर’ रहेको प्रहरीको तत्कालीन अनुसन्धानमा खुलेको थियो । राना सेनाका भगौडा हुन् । हत्या मुद्दामा प्रहरीले २४ जनालाई प्रतिवादी बनाएको थियो । यही असार १० मा अन्तिम सुनुवाइका लागि पेसी चढेपछि ३ दिनसम्म लगातार सुनुवाइ गरेका थिए ।
असार १२ गते न्यायाधीश घिमिरेको इजलासले प्रतिवादी २४ जनामध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए । बस्नेतसहित १८ जनालाई दोषी ठहर गर्दै बुधबार कैद सजाय र जरिवाना तोकिएको हाे ।
को को थिए प्रतिवादी ?
राजीव तामाङ भन्ने राजीव स्याङ्गतान, प्रकाश बुढाथोकी, धनराज योङ्गहाङ्ग, बसन्त थेवे, सन्तोष गुरुङ्ग, मुकेशकुमार पाण्डे, शिवजी महतो कमकर, समिरमान सिंह बस्नेत, सुर्यबहादुर वाजी, सुजा थक्सु वाजी, गंगा प्रकाश लिम्बु, काले भन्ने अम्बरबहादुर राना, श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बी, लोप्साङ्ग शेर्पा भन्ने लोप्साङ्ग लामा, अजय थापा, काले दारी भन्ने रोशन बुढाथोकी, मनोज पुन भन्ने मनोज बुढामगर, प्रदिपकुमार झा, समिकला राई, प्रवेश नायब, सुधिरकुमार साहलाई कर्तव्य ज्यान र संगठित अपराध कसुरमा सर्वस्वसहित जन्मकैदको मागदाबी गरिएको थियो ।
प्रतिवादी बनाइएका मध्ये केही तत्काल धराैटीमा थुनामुक्त भएर बाहिरै बसेर मुद्दा लडिरहेका थिए भने बस्नेत लगायत धेरै मुद्दा पुर्पक्षका लागि जेलमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार