घोराही सिमेन्टको आईपीओमा काण्डै काण्ड, छानबिन गरी कारवाही गर्न प्रहरीलाई पत्र
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १७:३७:३३
२० असार, काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासनका क्रममा लगानीकर्तालाई प्रभावित बनाउने अनुचित कार्य गरेको पाइएको छ । लगानी बोर्डले फर्जी आवेदन दिएर सर्वसाधारण लगानीकर्तालाई भ्रमित बनाउने गरि भएको अनुचित कार्यको छानबिन गर्न नेपाल प्रहरीसँग पत्र पठाएर आग्रहसमेत गरेको छ ।
बोर्डले फर्जी आवेदनको अनुसन्धान गर्न नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । कुल १२ जनाले खातामा पैसा नहुँदा नहुँदै समेत १०-१० लाख कित्ताका लागि आवेदन दिएको पाइएपछि बोडले समिति नै बनाएर छानविन गरेको थियो । बोर्डले घोराही सिमेन्टको सार्वजनिक निष्कासन सम्बन्धमा धेरै कमीकमजोरी भेटिएको जनाएको छ ।
लगानीकर्ताको हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्कासन स्थगित गरिएको कम्पनीमाथि जाँचबुझका लागि बोर्डले समिति गठन गरेको थियो । सो समितिले विभिन्न चार निर्णयसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार केही लगानीकर्ताले बैंक खातामा पर्याप्त रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएको उल्लेख गरेको छ ।
यसबारे थप छानबिन गर्न बोर्डले नेपाल प्रहरी समक्ष आग्रह गरेको हो । निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको पनि भेटिएको छ । यसरी सीमित व्यक्तिलाई लाभ पुर्याउने उद्देश्यले बिक्री प्रबन्धकबाटै झुक्किएका सर्वसाधारणको लगानी के हुने भन्ने प्रश्न नै उठेको थियो । यसमा भने बोर्डले रकम फिर्ता गराउने निर्णय गरेको छ ।
सुरुमै विवादमा परी अलपत्र परेको घोराही सिमेन्टको आईपीओ भरेकाहरूको पैसा फिर्ता गर्न तीन दिनको समय दिइएको छ । यो अवधिमा आवेदकहरूले दिएको पुरानो आवेदन पनि परिमार्जन गर्ने सुविधा धितोपत्र बोर्डले दिएको छ । विज्ञप्ति जारी गर्दै बोर्डले शेयरमा आवदेन दिएका लगानीकर्ताहरुले शेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने मौका दिएको छ ।
घोराही सिमेन्टको आईपीओमा सर्वसाधारणको कुल ३ अर्ब ६१ करोड रूपैयाँ रकम होल्ड भइरहेको बोर्डको दावी छ । बोर्डका अनुसार बिक्री प्रबन्धकले पुनः यसबारे सूचना प्रकाशित गर्नेछ । सूचना प्रकाशित भएको तीन दिन भित्र पैसा फिर्ता दिने अथवा रद्द गर्न निवेदन दिनुपर्नेछ । उक्त तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आईपीओ आवेदनको म्याद थप ७ दिनसम्म लम्ब्याउने अनुमति दिएको छ । यस अवस्थामा भने यसअघि घोराही सिमेन्टको आईपीओमा आवेदन नदिएकाहरुले समेत आवेदन दिन पाउने भएका छन् ।
बोर्डकाे अनुसन्धानमा एनआइसी एशिया बैंक पनि मुछिएको छ । पैसा नभएको खाताबाट बुझाएको आवेदन बैंकले स्वीकृत गरेको भन्दै बोर्डले कैफियत देखाएको हो । रकम नहुँदा पनि कसरी स्वीकृत भयो भनेर स्पष्टीकरण सोध्ने भएको छ । बोर्डले पर्याप्त आवेदन पर्दा पर्दै पनि आईपीओ आवेदनको म्याद लम्ब्याउने कम्पनी र बिक्री प्रबन्धकको निर्णयलाई पनि छानबिन गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार