आयुर्वेदको विकास गर्ने कार्ययोजना ल्याउनुस्, तत्काल कार्यान्वयन गर्छु : स्वास्थ्यमन्त्री बस्नेत
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १८:५९:३७
२० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्य योजनासम्बन्धी विज्ञले दिने सल्लाह कार्यान्वयन गर्न आफू तयार रहेको बताएका छन् ।
नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले सरकारले केही गरेन भनेर गुनासो मात्र समस्या समाधान नहुने बताए । गुनासाेकाे सट्टा आयुर्वेदको विकासका लागि कस्ले के गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना लिएर आउन समेत उनले आग्रह गरे ।
उनले ठाेस कार्ययाेजना ल्याए कार्यन्वयन गर्न आफु तयार रहेको बताए । ‘मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यन्वयन गराएर छोड्छु’ मन्त्री बस्नेतले भने ।
इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले नविनतम सोचको विकास हुन नसक्ने बताए । आयुर्वेद क्षेत्र प्रचुर संभावना भएको क्षेत्र भएको बताउदै उनले यस क्षेत्रको मान र शान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा ओषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरु समेत आयुर्वेद प्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार