उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:८:५३
२१ असार, काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।
पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए।
पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार