'केही त बोली देउन'मा रोमाण्टिक देखिए मोबिन र सुनिता
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:१८:५३
२१ असार, काठमाडौं । अमेरिकामा बसेर फिल्म निर्माण सम्बन्धि अध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको 'केही त बोली देउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतलाई शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मोबिन अमेरिकामा पाइलट विषय अध्ययन गरिरहेका छन्। भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन्। सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।
यसअघि बिक्रमको शब्दमा रहेको 'अतालिन्छ यो मन' बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ भिडियो 'न्यु क्रियशन प्रोडक्शन' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार