सीआईबीको भ्याकेट निवेदन र बन्दी प्रत्यक्षीकरणको रिटकाे सुनुवाई श्रेष्ठ र रेग्मीकाे संयुक्त इजलासमा हुने
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:२६:४२
२१ असार, काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट आज न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलाशमा परेको छ ।
पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो प्रकरणमा आफूहरूलाई कानूनविपरीत पक्राउ गरिएको उनीहरूको जिकिर छ ।
रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. कुमार चुडालको इजलाशले कारण देखाऊ आदेश जारी गरेको थियो । यसै गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको भ्याकेट निवेदनको पनि आज सुनुवाई हुँदैछ ।
सीआईबीको भ्याकेट निवेदन पनि न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीको इजलासमा पेसी चढेको छ । तर, न्यायाधीश रेग्मी उक्त प्रकरणमा आफैँ सम्बन्धित रहेकाले सुनुवाई गर्न नमिल्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार