सरकारी कार्यालयको समन्वय अभावले सडक निर्माणमा असर
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:३१:३९
♦ विशाल बस्नेत
२० असार, महोत्तरी । सडक चौँडा हुँदा दुर्घटना कम हुने र ट्राफिक जाम समेत न्युनीकरण गर्ने उद्देश्यले सरकारले देशैभरिका मुख्य सडक सञ्जाललाई फराकिलो बनाउने नीति लिएको छ । तर, सरकारी कार्यालयको समन्वय अभावले सवारी दुर्घटना निम्त्याउने देखाएको छ ।
सिन्धुली-काठमाडौं सडकखण्डअन्तर्गत बर्दिबास-३ स्थित गौरिडाँडामा बन्दै गरेको सडक निर्माण गर्दा देखिएको सरकारी कार्यालयको समन्वय अभावले दुर्घटनालाई निम्त्याएको छ ।
सडकको बीचमा देखिएका अस्तव्यस्त रुखहरु, विद्युतका तार र ठडिएका खम्बाहरुले सवारी दुर्घटना निम्त्याएको छ । अहिले सडकको दायाँबायाँ १५/१५ फिट चौडा गरिएको छ । तर, चौँडा गरेको अधिकाशं भागहरुमा न बिधुत हटाइएको छ न त रुखहरु नै । सडकमा परेका रुख वन कार्यालयले काट्न दिएको छैन भने विद्युतका पोखहरु हटाउन विद्युत प्राधिकरणले चासो दिएको छैन । जस कारण सडकका बीचमाा रहेका रुख र विद्युतका पोलले सवारी दुर्घटनालाई निम्त्याउने देखिएको छ ।
सडकका बीचमा रहेका विद्युतका पोल सार्न पटक पटक ताकेता गर्दा पनि प्राधिकरणले चासो नदेखाएको सडक विभागका इन्जिनियर रमेश आचार्यले जानकारी दिए । उनका अनुसार अहिले सडकको किनारामा दायाँबायाँ २ फिट फुटपाटको लागि बढाइने भएको हुनाले स्थानिय सरकारको मात्र सहयोग लिएर काम गरिएको छ ।
एक वर्षभित्र काम सक्ने गरी जेभी र सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले करिब ९ करोडमा ठेक्का पाएका हुन् । सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनका इन्जिनियर सुशील बस्नेतले सडकको बीच भागका पोल र रुखहरु हटाउन नसक्दा कामले गति लिन नसकेको बताए ।
जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाका अनुसार सडकको दायाँबायाँ रहेका रुखहरु सडक विभागको नै सम्पत्ति भएको तर भु-संरक्षण मन्त्रालयबाट प्रावधानअनुसार स्वीकृति नल्याएको हुनाले हस्तक्षेप गर्नु परेको हो ।
'भु-संरक्षण मन्त्रालयवाट स्वीकृत ल्याए उक्त रुखहरुको बिषयमा हाम्रो ध्यानाकर्षण रहँदैन,' प्रमुख झाले भने, 'रुखहरु भएको ठाउँमा प्रक्रिया विना काटन खोजिए हाम्रो ध्यानाकर्षण रहन्छ ।'
यता विद्युत कार्यालयका प्रमुख प्रविन मिश्रले सडकको पोल हटाउन केही कागजात नपुगेको हुनाले काम अगाडि बढाउन नसकिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार