कर्णालीमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको ज्यान गयो
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:४९:२१
२१ असार, काठमाडौं । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु भएको छ । अन्य १ जना घाइते भएका छन् ।
तुलसीपुरबाट रा १ ख ८३४ नम्बरको बस बिहीबार बिहान कर्णालीकाे सल्यानस्थित राप्ती राजमार्गको चोर खोला नजिकै पुग्दा ढलेको बिजुलीको पोलमा रहेको तारले छुँदा बसमा करेन्ट लागेको थियो ।
करेन्ट लागेर बसमा यात्रारत बाबुछोराको मृत्यु भएको छ भने अन्य १ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सल्यान छत्रेश्वरी गापा –६ का महेन्द्र वली रहेका । उनलाई उपचारको लागि दाङको तुलसीपुर पठाइएको छ । उनी बस धनी रहेकाे बुझिएकाे छ ।
गएराति हावाहुरीसँगै परेको पानीका कारण तारसहित बिजुलीको पोल ढलेको र बस त्यहाँबाट पार गर्ने क्रममा छोइँदा करेन्ट लागेको पाइएको प्रहरीको भनाइ छ । मृत्यु हुनेमा रोल्पा दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगी रहेका छन् । घाइतेहरुको परिचय प्राप्त भइसकेको छैन । बसमा २५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
घटनास्थलमा प्रहरीले अध्ययन र मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ । घटनापछि सडक अवद्ध बनेको छ । खुलाउने प्रयास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार