एमालेको कदमलाई असंसदीय भन्दै गठबन्धनले गर्यो प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निर्णय
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:५४:३१
२१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कदम असंसदीय भएको ठहर गरेको छ । बिहीबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो ।
सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली जानु भएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले बुधबार संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
यसपछि बिहीबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमालेको कदम असंसदीय भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार