नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्रालयले सोध्यो दोस्रोपटक स्पष्टीकरण
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १२:२०:१९
२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । पर्यटनमन्त्री सुदन किराँतीले मन्त्रीस्तरीय निर्णय गर्दै दोस्रो स्पष्टीकरण सोधेका हुन् ।
पहिलो पटक नौ बुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो । तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएका थिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
निर्धारित समयमा जवाफ नदिए कानुन बमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ । पछिल्लो समय मन्त्री किराँती र अधिकारी बीचको विवाद सतहमा आएको छ । मन्त्री किराँती अधिकारीलाई पदबाट बर्खास्त गर्ने रणनीतिमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री किराँतीबीच पनि अधिकारीलाई कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार