नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको सानेपामा नयाँ सदस्यता नवीकरणसम्बन्धी अभिमुखिकरण
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १३:१६:१५
२१ असार, काठमाडौं । सदस्यता नवीकरणसम्बन्धी अभिमुखीकरणको लागि नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखिकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेका छन् ।
कांग्रेसले तल्लो तहबाटै संगठन विस्तार सम्बन्धी कार्यक्रमहरू सुरु गर्ने तयारी अनुरूप सभापतिहरूको बैठक बोलाएको हो । पहिलो चरणमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउने विषयमा छलफल भइरहेको छ । क्रियाशील सदस्य नवीकरणसहित नयाँ सदस्य थप गर्ने विषयलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने रणनीति तय गर्न कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।
नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी अनुसार सभापतिहरूलाई जिल्ला तह र त्यसभन्दा मुनिका निकायमा कसरी संगठन विस्तारका कार्यक्रमहरू बनाउने, विभाजन गर्ने र सञ्चालन गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिनेछ । क्रियाशीलको नवीकरण र नयाँ सदस्यता थप गर्ने विषयलाई प्रभावकारी बनाउन कांग्रेस नयाँ रणनीति र स्पष्ट योजनासहित जाने तयारी स्वरूप सभापतिसँग अभिमुखीकरणको कार्यक्रम राखेको हो ।
यसको अलवा जिल्ला सभापतिहरूसँग जिल्लामा भइरहेका पछिल्ला गतिविधिहरूबारे पनि जानकारी लिइने छ । प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको केन्द्रीय समितिको बैठकमा उठाइने एजेण्डाहरुका लागि पनि जिल्ला सभापतिहरूको छलफल र परामर्शबाट धेरै कुराहरू आउने बताए । उनले कांग्रेस सबै किसिमका समस्याहरूसँग जुध्न सक्ने गरि तल्लो तहबाटै संगठनका गतिविधिहरू परिचालन गर्ने तयारीमा रहेको बताए । कांग्रेसले असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार