कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दै कांग्रेसका उद्वव थापा
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १५:१७:३५
२० असार, मोरङ । कोशी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्दैछन् ।
थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार आज साँझ ५ बजेको समयसीमा तोकेर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेबमोजिम उनले समयभित्रै दाबी पेस गर्ने भएका हुन् ।
कोशी प्रदेशसभाका ९३ सांसद छन् । बहुमत अर्थात सरकार गठनका लागि ४७ सांसदको समर्थन आनिवार्य हुन्छ । थापाको पक्षमा हालसम्म सभामुखसहित ४७ जनाको समर्थन रहेको छ । तर सभामुखले दाबी पेसमा नै हस्ताक्षर गर्न पाउने विषयमा प्रश्न उठेको छ । सभामा प्रस्तावमा हुने पक्ष र विपक्षमा मत बराबर हुँदा निर्णायक मत दिन पाइने व्यवस्था रहेपनि दाबी पेस निवेदनमै हस्ताक्षरको स्पष्ट व्यवस्था नहुँदा विवादित बन्ने खतरा पनि उत्तिकै रहेको छ ।
सभामुख बाबुराम गौतम माओवादी केन्द्रका हुन् । यसअघि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मत लिने प्रसताव राख्दा उनको पक्षमा ४६ मत मात्र परेका कारण पदमुक्त हुन पुगेका थिए ।
थापाले सरकारमा ल्याउन ६ सांसद रहेका राप्रपालाई सक्दो मेहनत गरेपनि राप्रपा नगलेपछि सरकार गठनका लागि आवश्यक समर्थन पाउने विषय गठबन्धनलाई पनि मुश्किल परेको छ । बहुमत पुर्याउन थापाले राप्रपासँग मुख्यमन्त्रीमा आलोपालो गर्ने प्रस्ताव समेत राखेका चर्चा चलेका बेला राप्रपाले भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन सुझाव दिइरह्यो ।
कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ प्रदेश सांसद छन् ।
यस्तै एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् । केन्द्र सरकारमा विपक्षमा रहेका एमाले र राप्रपा सबै प्रदेशमा सँगै उभिएका छन् । थापाकाे पक्षमा समर्थन नगर्न माथिबाट निर्देशन आएकाे राप्रपा सांसद सविना बजगाईले बताइन् ।
राप्रपा समर्थन नगर्ने अडान कायमै रहे थापालाई बहुमतकाे सरकार गठनमा दाबी पेस गर्नमै समस्या पर्नेछ ।
यसैबीच सरकार गठनका लागि गरिने दाबी पेसमा सभामुखलाई समेट्न नमिल्ने तर्क निवर्तमान मुख्यमन्त्री एवं एमालेका संसदीइ दलका नेता कार्कीले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार