एसईईको नतिजा सार्वजनिक, ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२,४७५
४३१ परीक्षार्थीको परीक्षा रद्द, २९० को स्थगित, पूरक परीक्षा साउन अन्तिम सातादेखि
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १६:०:३८
२१ असार, काममाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत मावि परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले केहीबेर अघिमात्र पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो ।
जसअनुसार २२ हजार ४ सय ७५ परीक्षार्थीले ३ दशमलब ४ जीपीए ल्याएका छन् । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यो संख्या गत वर्ष ९ हजारको हाराहारीमा थियो ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको जानकारी दिइयाे । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ रहेकाे छ ।
यस्तै, ४३१ परीक्षार्थीको परीक्षा रद्द भएकाे छ भने २९० जनाको परीक्षा स्थगित भएकाे जानकारी दिइएकाे छ । नतिजा बोर्डको वेभसाइटमा हेर्न सकिने जनाइएको छ । साथै पूरक परीक्षा साउन अन्तिम सातादेखि संचालन गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
गत वर्षको तुलनामा यो वर्ष नतिजामा सुधार आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन बताए ।
गत चैत्र १७ गतेदेख २९ सम्म संचालन गरिएको एसईई परीक्षामा कुल ४ लाख ८४ हजार ९ सय ३९ परीक्षा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार