नासु प्रेमिका र अधिवक्ता लामिछानेबीच ७ बुँदे सहमति, शुक्रबारदेखि ललितपुर अदालतका कामकारवाही सुचारू हुने
बारकाे सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १७:८:०
२१ असार, ललितपुर । ललितपुर जिल्ला अदालतका कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी (अधिवक्ता) अमिर लामिछाने बीचको विवाद बिहीबार ७ बुँदे सहमति गर्दै अन्त्य गरिएको छ ।
नेपाल बार एसोसिएसनको रोहबरमा बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा दुई जनाबीच ९ दिनदेखि चलेको विवाद अन्त्य भएको हो ।
विवादलाई अदालतमा सेवा लिने दिने क्रममा इमानपूर्वक कर्तव्य पालना गर्दा हुन गएको घटनाको रुपमा व्याख्या गर्दै दुई जना मिलापत्र गर्न राजी भएपछि विवाद समाप्त हुन पुगेको छ । यही असार १३ गते दिउँसो ४ः३० बने तामाङ र लामिछानेबीच अदालतमा फाइल तानातान हुँदा तामाङको मुखमा चोट लाग्नुका साथै सर्ट समेत च्यातिएको थियो । त्यसपछि तामाङले आफूलाई कार्यकक्षमा कुटपिट गरी घाइते बनाएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ हिरासतमा राख्दै गर्दा नेपाल बार र देशभरका वकिलहरूले लामिछानेको निसर्त रिहाईको माग गर्दै एक दिन देशभरका जिल्ला, उच्च र सर्वोच्चका इजलासमा बहस नै बहिष्कार गर्दै आएका थिए । उनीहरूले लामिछाने विरुद्धको झुटो अभियोग लगाइएको भन्दै जाहेरी फिर्ता लिन माग गरेका थिए ।
तामाङ लगायत ललितपुर अदालतका सम्पूर्ण कर्मचारी वकिलहरूबाट आफूलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा माग गर्दै सर्वोच्च अदालतमा पुगेका थिए । त्यसपछि भएको नेपाल बारको पहलमा ललितपुर बार र ललितपुर अदालतबाट गठित वार्ता समितिले विवादलाई घटनाका दुवै पक्षलाई आफ्ना तर्फ गल्ती सुधार गर्दै जाने विषयमा मिलापत्र गराएको छ ।
घटनापछि विषयले उग्र रुप लिँदै गएको र विषयान्तर नगर्ने, सामाजिक संजालमा टीकाटिप्पणी नगर्ने, तामाङले जाहेरी फिर्ता लिने, दुवै पक्षले आ–आफ्नो क्षेत्रमा काम नियमित गर्ने, ललितपुर जिल्ला अदालत र ललितपुर बारबीच सुमधुर सम्बन्ध कायम गर्ने, बिग्रिएको अवस्थाका अदालतका सीसीटीभी बनाएर संचालनमा अवस्थामा ल्याउने, बारले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, लगायत विषयमा सहमति भएका छन् ।
सहमति पत्रमा ललितपुर जिल्ला अदालतका शाखा अधिकृत राम सजिवन महतो, अमृत घिमिरे, तर्कराज खनाल लगायत ६ जानले हस्ताक्षर गरेका छन् भने ललितपुर बारको तर्फबाट अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष बाबुकृष्ण महर्जन, सचिन छोनाम मोक्तानले हस्ताक्षर गरेका छन् । रोहवरमा नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य रुपबहादुर सारुले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै भोलि शुक्रबारबाट ललितपुर जिल्ला अदालतमा नियमित रुपमा कामकाज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार