प्रधानमन्त्री प्रचण्डविरुद्ध एमाले विद्यार्थीको प्रदर्शन
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १८:९:३१
२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफूलाई भारतले प्रधानमन्त्री बनाएको आशयको अभिव्यक्तिलाई लिएर एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौ.मा प्रदर्शन गरेको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) अगाडि प्रधानमन्त्री प्रचण्डविरुद्ध अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले हाम्रो प्रधानमन्त्री हामी आफैं बनाउँछौं’ भन्दै बिहीबार दिउँसो प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले राष्ट्रको बेइज्जत र शिर निहुराउने काम भएको भन्दै सरकार मुर्दावाद लगायत प्रधानमन्त्रीको राजीनामा माग गरेका छ्न् । उनीहरूले सरकारविरूद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।
‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तकको सोमबार भएको विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक नयाँ दिल्ली गएको र नेपालका नेताहरुसँग पनि बाक्लो भेटघाटमा दौडधुप गरेको बताएका थिए ।
त्यसपछि उनको अभिव्यक्तिलाई लिएर राजनीतिक र जनस्तरमा आलोचना भइरहेको छ । संसदका विपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाले संसदको दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको हिजो र आजको बैठक चल्न दिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोली पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार