महानगरको अनुमतिबिना सरकारी जग्गामा बनाइएका संरचनाको नक्सा पास नगर्ने बालेनको प्रष्टाेक्ति
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १८:३५:३३
२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरभित्रका सिफारिसबिना सरकारी जग्गामा बनाइएका कुनै पनि भौतिक संरचनाको नक्सा पास नगर्ने बताएका छन् ।
‘कानून प्रतिकूल सरकारी जग्गा लिजमा दिनेलिने कार्यको रोकथाम सम्बन्धमा’ शीर्षकमा बिहीबार सूचना जारी गर्दै मेयर बालेनले सरकारी जग्गामा कीर्ते गरी लिजमा दिएर आर्थिक लेनदेन गरेको भन्दै महानगरको ध्यानाकर्षण भएको बताएका छन् ।
महानगरको उच्च प्राथमिकतामा जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई राखिएको उनले सामाजिक संजालमा लेखेका छन् । महानगरपालिकाको स्वीकृति बिना लिजमा लिइएको त्यस्ता संरचना स्वीकृत नहुने पनि स्पषट पारेका छन् ।
महानगरले बालुवाटारस्थित सरकार जग्गा ललिता निवासमा बनेका अस्थायी संरचना हटाउन ७ दिनको समयसीमा दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार