सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री खुला गर्ने
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार ११:१:३०
२२ असार, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई साउन १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रूपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यसको ९ लाख ६० हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई जारी गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सयअंकित मूल्यमा १३९ रूपैयाँ प्रिमियम थप गरेर २३९ रूपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद गर्न अदालतको आदेश
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार